Posts

Showing posts from 2017

कोरियाले इपिएस कामदारको बसाई छोट्याउने

कोरियाले इपिएस कामदारको बसाई छोट्याउने भएको छ। विदेशी कामदार कटौति गर्ने रणनीति अनुरूप सरकारले नयाँ नीति र नियम मार्फत भिसामा कडाई गर्न लागेको हो। नयाँ नियम अनुसार E9 भिसाका कामदारको भिसा अवधि ४ वर्ष १० महिना पुरा गरि स्वदेश फर्किएर पुनः कोरिया प्रवेश गरेमा फेरि अर्को ४ वर्ष १० महिना मात्र बस्न पाउने भएका छन्। यसभन्दा पहिला फेरि तेस्रो पटक पनि विशेष भाषा कक्षा पास गरेर प्रवेश गर्न पाउने नियम थियो। कानुन मन्त्रालयले रोजगार मन्त्रालय र मजदुर युनियनसँग समन्वय र छलफल गरेर नयाँ नियम ल्याउने तयारी गरेको कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन्। एकपटक कोरियाको बसाइ अवधि समाप्त गरेकाले विशेष भाषा उत्तिर्ण भएमा फेरि चार वर्ष दश महिनाको भिसा नविकरण हुन्छ। नयाँ नीतिले दुई पटक भन्दा बढी कोरिया बसाई र कोरियामा रोजगारी गर्ने विदेशीको चाहनालाई बन्देज गर्ने छ। यसैगरी अधिकारीहरुले उमेर हदबन्दी ननाघेका इपिएस कामदार पुनः कामका लागि कोरिया आउन रोक्ने नीतिले मानव अधिकार उल्लंघन हुन सक्छ कि भनेर त्यसबारे पनि आन्तरिक छलफल र परामर्शमा जुटेका छन्। नयाँ नीतिले विदेशीलाई नौ वर्ष आठ महिना भन्दा बढी बसाईमा बन्देज...

FINAL FLIGHT OF REGULAR WORKERS ON DECEMBER 19

तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू मिति २०७४ मङ्सिर २९ गते सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ । साथै मिति २०७४ मङ्सिर २८ गते बिहिबार बिहान १०:०० देखि ३:०० बजे सम्म  नेपाल ईन्भेष्टमेन्ट बैंक लाजिम्पाट(४००५०५८ ,  ४००५०६९ ,  नारायणहीटी सङ्ग्रालयको उत्तर   ढोकातर्फ)  मा गर्इ प्लेन टिकट लिनुपर्नेछ र मिति २०७४ पुष १ गते शनिबार ठीक ११:३० बजे इ.पि.एस. कार्यालयमा स्वयं उपस्थित भइ श्रम स्वीकृति, पासपोर्ट लगायत आवश्यक डकुमेन्ट लिई तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea  बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ । अन्तिम उडान पश्चात ब्यक्ति प्रस्थान नगरेमा नियमानुसारको उडान रद्द शुल्क (US$100) जरीवाना लाग्ने छ । यस कार्यालयमा पेश गर्नुपर्ने कागजातहरू १. NIC ASIA बैंकमा इ.पि.एस. कार्यालयको खातामा ४६.२० डलरको नेपाली रूपैयाँ जम्मा गरेको बैंक भौचर । २. एभरेष्ट बैक, ग्वार्कोमा वैदेशिक रोजगार कल्य...