kamal

Monday 18 December 2017

कोरियाले इपिएस कामदारको बसाई छोट्याउने

कोरियाले इपिएस कामदारको बसाई छोट्याउने भएको छ। विदेशी कामदार कटौति गर्ने रणनीति अनुरूप सरकारले नयाँ नीति र नियम मार्फत भिसामा कडाई गर्न लागेको हो। नयाँ नियम अनुसार E9 भिसाका कामदारको भिसा अवधि ४ वर्ष १० महिना पुरा गरि स्वदेश फर्किएर पुनः कोरिया प्रवेश गरेमा फेरि अर्को ४ वर्ष १० महिना मात्र बस्न पाउने भएका छन्।
यसभन्दा पहिला फेरि तेस्रो पटक पनि विशेष भाषा कक्षा पास गरेर प्रवेश गर्न पाउने नियम थियो।
कानुन मन्त्रालयले रोजगार मन्त्रालय र मजदुर युनियनसँग समन्वय र छलफल गरेर नयाँ नियम ल्याउने तयारी गरेको कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन्।
एकपटक कोरियाको बसाइ अवधि समाप्त गरेकाले विशेष भाषा उत्तिर्ण भएमा फेरि चार वर्ष दश महिनाको भिसा नविकरण हुन्छ। नयाँ नीतिले दुई पटक भन्दा बढी कोरिया बसाई र कोरियामा रोजगारी गर्ने विदेशीको चाहनालाई बन्देज गर्ने छ।
यसैगरी अधिकारीहरुले उमेर हदबन्दी ननाघेका इपिएस कामदार पुनः कामका लागि कोरिया आउन रोक्ने नीतिले मानव अधिकार उल्लंघन हुन सक्छ कि भनेर त्यसबारे पनि आन्तरिक छलफल र परामर्शमा जुटेका छन्। नयाँ नीतिले विदेशीलाई नौ वर्ष आठ महिना भन्दा बढी बसाईमा बन्देज गर्ने छ। सो अवधि भन्दा बढी बसेमा अवैधानिक हुने छ। नयाँ नीति जारी भएपछि नौ वर्ष आठ महिना भन्दा बढी कोरिया बसेर काम गरिरहेका विदेशी कामदार प्रभावित हुने छन्। नीति जारीपछि ति कामदार स्वतः स्वदेश फिर्ता हुनुपर्ने छ वा कोरिया बसाइलाई लम्ब्याउन चाहेमा E9 बाहेक भिसाका लागि आवेदन दिनुपर्ने हुन्छ।
नयाँ नीति जारी भएपछि इपिएस भाषा परिक्षा दिएर कोरिया काम गरी फर्केर पुनः सिबिटि दिएर आएका सयौ नेपाली कामदार प्रभावित हुनेछन्। उमेर उन्चालीस वर्ष ननाघेका तथा कम्पनीले उत्कृष्ट कामदारका रूप लिएर पुनः कामका लागि बोलाउन सक्ने सयौ नेपाली कामदार पुनः कोरिया आउनबाट बन्चित हुने छन्।
सिविटि दिएर वा पिबीटी दिएर नौ वर्ष आठ महिना अवधि पुरा गरेका सयौ नेपाली अहिले पनि कोरियामा कार्यरत छन्। नियम कार्यन्वनमा आएपछि स्वतः उनिहरु स्वदेश फिर्ता हुनुपर्ने छ ।
सन २००८ मा इपिएस लागू भएयता पैतालीस हजार भन्दा बढी नेपाली कामदार कोरिया आइसकेका छन्। हाल कोरियाले दक्ष कामदारलाई विशेष प्राथमिकता दिने भन्दै E7-4 भिसाको पनि व्यवस्था गरेको छ।
किशन गौतम
सोल,

No comments:

Post a Comment