kamal

Saturday 2 December 2017

What is Sagoon ?


Image result for sagoonमञ्जु संग्रौला
विश्वभरबाट सर्वसाधारणले लगानी गर्न पाउने गरि मिनी आइपीओ जारी गरिसकेको सगूनको बारेमा शेयरमा लगानीगर्न इच्छुकहरुका माझ चासो छ । कतिपयले यसको बारेमा अझै थप बुझ्न प्रयास गरेका छन् भने कतिपयले यो प्रयासको प्रशंसा गरेका छन् । यो आलेखमा सगून र शेयर मार्केटका विविध पक्षबारे प्रवासमा रहेर लगानी गर्ने लगानीकर्ताहरुको बुझाइलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । 

१. सगून के हो ?
सगुन www.sagoon.com )अमेरिकामा दर्ता भएको एउटा स्टार्ट अप आइटी कम्पनी हो । अर्थात यो भरखरै शुरु भएर विस्तारै बामे सर्ने अवस्थाबाट अगाडि बढीरहेको छ । यसका शाखा कार्यालयहरु दिल्ली र काठमाण्डौमा पनि छन् । यो 'Building a Rewarding Life Through the Innovative Social Path: Connect. Share. Earn ध्येय -Mission) रहेको सगूनले  अमेरिकाको आर्थिक कारोवारको बजार -Financial Market_) मा औपचारिक रुपमा प्रवेश गर्न अमेरिकी सेक्युरिटी एक्सचेञ्ज कमिशन (-US Security Exchange Commission - SEC) मा आवेदन पेश गरि स्विकृती प्राप्त गरिसकेको छ ।  SEC बाट स्वीकृत प्राप्त भएपछि सगून मिनि आइपीओमा प्रवेश गरिसकको छ र त्यही अनुसार यसले दोश्रो राउण्डमा लगानी  खुल्ला गरि लगानीको अवसरको डेडलाइन नजिकै आएको सबैमा विदितै छ । 

२. मिनि आइपीओ के हो ?
सन २०१२ मा ‘जब्स एक्ट’को नामले अमेरिकामा मिनि आइपीओको प्रावधान खुल्ला भएको हो । मिनि आइपीओको प्रावधान अनुसार साना भन्दा साना लगानीकर्ताहरुलाई अर्थात सामान्य आम्दानी भएका व्यक्तिहरुलाई पनि स्टार्ट अप कम्पनीमा लगानी गर्ने अवसर उपलब्ध गराएको छ । साथै यसले स्टार्ट अप कम्पनीको शेयर किन्न सक्ने र ठूलो आम्दानी गर्न सक्ने संभावना प्रदान गरेको छ । समष्टिमा मिनि आइपीओलाई साना लगानी कर्ताहरुको लागि अनुपम अवसरको रुपमा हेर्ने गरिन्छ । 

३. स्टार्टअप कम्पनीको शेयर र स्टक मार्केटमा पाइने शेयरमा के फरक छ त ?
सिद्धान्ततः दुबै उस्तैउस्तै हुन् तर यिनीहरुको बीचको तात्विक अन्तर भनेको कम्पनी कुन अवस्थामा (Stage) भएको बेलामा शेयर किन्ने भन्ने मात्र हो । अर्थात ‘टाइम फ्याक्टर’ महत्वपूर्ण मानिन्छ । यसलाई बुझ्न हामीले थाहा भइरहेको फेसबुक कम्पनीको उदाहरण हेरौँ:

फेसबुक सन् २००४ तिर स्टार्टअप कम्पनीको हैसियतमा नै थियो । यसको आफ्नै प्रशस्त लगानी थिएन । प्रयोग कर्ता पनि थोरै थिए । यसको भविष्यको बारेमा पनि अनिश्चितता थियो । अर्थात अहिलेको सगून जस्तै अवस्था थियो । त्यसबेला फेसबुकले आफ्नो शेयर सस्तोमा बेच्थ्यो । तैपनि मानिसहरु किन्न हच्कन्थे । सन् २००४ तिर एक डलरमा बेचेको फेसबुकको शेयरको मूल्य अहिले बजारमा १२०० डलर भन्दा बढी पर्छ । अर्थात त्यहि शेयरलाई टुक्रयार २०१२ देखि फेसबुकले सार्वजनिकरुपमा आइपीओ मार्फत शेयर विक्री गरिरहको छ । जसको मूल्य प्रति शेयर १३०/१४० को हाराहारीमा छ । शेयरको मूल्य शुरुको अवस्थामा जति छिटोछिटो बढ्छ, कम्पनी ठूलो हुंदै गएपछि र जोखिम कम हुँदै गएपछि त्यति नै रफ्तारमा शेयरको मूल्य बढ्दैन । यसरी फेसबुक स्टार्टअप कम्पनी भएको बेलामा शेयर किन्नेहरुले राम्रो आम्दानी गर्न सफल भए । 

सगून अहिले स्टार्टअप कम्पनी हो । सामान्य बुझाइमा यसको भविष्य अझै अनिश्चित छ । त्यसैले यसको शेयर मूल्य पनि कम छ । यो अनिश्चितता चिर्दै सगून सफल भएपछि फेसबुकको शुरुका दिनका लगानी कर्ताले १ को १२०० भन्दा बढी प्रतिफल पाए जस्तै सगूनका लगानी कर्ताले पनि प्रतिफल पाउछन् । यस्तो प्रतिफलको स्केल फेसबुकको भन्दा धेरै वा थोरै वा उस्तै कुनै पनि हुनसक्छ । 

स्टार्टअप कम्पनीको शेयर बढ्ने बारेमा कतिपय अर्थशास्त्रीहरुको शब्दमा भन्नु पर्दा ‘चिठ्ठा’ परेको जस्तो अवस्थासंग तुलना गर्ने गर्दछन् । अर्थात स्टार्टअपमा शेयर हाल्न पाइयो र त्यो कम्पनी सफल भयो भने लागनीकर्ताले पाउने प्रतिफल अथाह वा ठूलो धनराशीको चिठ्ठा परेको जस्तो हुनसक्छ । त्यहि भएर पनि यस्ता कम्पनीमा लगानी गर्नेहरु कम्पनीले प्रदान गर्ने लाभांश (Dividend) भन्दा शेयर मूल्यको बृद्धि प्रति अत्यधिक आकर्षित हुन्छन् । तर यो पनि विर्सन हुन्न कि लगानी आफैंमा जोखिम हो । लगानीमा जोखिम र फाइदा सिक्काको दुइवटा पाटा जस्तै भएर संगै हिड्छन् ।  

४. स्टार्टअपमा कति लगानी गर्ने होला ?
यो जटिल प्रश्न हो र व्यक्ति व्यक्तिमा यसको प्रभाव फरक हुन्छ । जसले जोखिम मोल्न बढी रुचि राख्छ, उसले अलिक बढी लगानी गर्नसक्छ । जसले कम जोखिम मोल्न चाहन्छ, उसले कम लगानी गर्छ । जोखिम मोल्न नचाहनेहरुकालागि यो टन्टाको विषय नै भएन । तथापी विवेकशील भएर निर्णय गर्नुपर्दा के भन्न सकिन्छ भने लगानीमा नोक्सान नै भयो भने पनि ठूलो पछुताउ नहुने प्रकारको रकम लगानी गर्नु उपयुक्त हुन्छ । त्यस्तो रकम कति होला त ? त्यो व्यक्ति व्यक्तिमा फरक हुन्छ । व्यक्तिको आम्दानीले पनि फरक पार्दछ । वित्तिय विज्ञहरुले लगानीको लागि सल्लाह दिंदा एउटै कुरामा मात्र ठूलो लगानी नगर्न सल्लाह दिन्छन् । मानौ तपाई १०,००० डलर लगानी गर्न इच्छुक हुनुहुन्छ भने विज्ञले त्यस्तो रकमलाई कम्तिमा ४/५ बटा कम्पनीमा लगानी गर्न सुझाव दिन्छन् । यसले गर्दा कुनै एउटाले लगानी नोक्सान भए पनि अरुबाट त्यसको क्षतिपूर्ति पाउन सकिन्छ । सगूनमा लगानी गर्दा पनि त्यहि कुरालाई ध्यानमा राखेर लगानीलाई विविधिकरण गरी लगानी गर्न सकिन्छ । विवेकशील लगानी गर्नु भनेकै जोखिमलाई न्यूनिकरण गर्न सक्नु हो । 

५. सगून डट कममा कति लगानी गर्ने होला ?
मीनी आइपीओ मार्फत सगूनमा कम्तिमा १००० युएस डलर लगानी गर्नुपर्ने हुन्छ । त्यसभन्दा माथि आफ्नो इच्छा र सगूनको नियम अनुसार लगानी गर्न पाइन्छ । सन् २०१४ तिर सगूनले परिवार तथा साथी, चिनेजानेकाहरुबाट लगानी गराउँदा लगानी कर्ताको लागि साँच्चीकै ठूलो जोखिम थियो । सगून अहिलेको अवस्थामा आइपुग्छ वा आइपुग्दैन भन्ने कुनै निश्चित थिएन । तर अहिले त सगूनसंग ठूलाठूला लागनीकर्ताहरुले समेत इच्छा जाहेर गरिराखेकाछन् । यस मानेमा सगूनमा लगानीको जोखिमको मात्रा धेरै घटेको छ र सगून र ठूला लागनीकर्ताले यसमा सफलताका झिल्का देख्न थालेका छन् ।

कति रकम लगानी गर्ने होला भन्ने विषयमा निर्णय लिन यो एउटा उदाहरण हेरौँ :
मानौ सगूनको शेयर केही वर्ष पछि १०० गुणाले बढ्यो भने तपाइले लगानी गरेको १००० डलर १ लाख डलर मूल्य बराबर हुन आउँछ । त्यस्तै तपाइले २००० डलर लगानी गर्नुभयो भने दुइ लाख डलर मूल्य बराबर हुनसक्छ । तर माथिको उदाहरणमा भनिए अनुसार फेसबुकको जस्तो १०० गुणाको ठाउँमा १२०० गुणाले बढ्यो भने कति होला, आफैँ हिसाब गर्न सकिन्छ । जानकारीको लागि बताउँ कि equities.com मा मे १६, २०१६ मा प्रकाशित लेखका अनुसार सन् २०१० मा जब उबर (ट्याक्सी कम्पनी) स्टार्ट अपको अवस्थामा थियो, त्यस समयमा १०० डलरको शेयरको मूल्य हाल आएर १ मिलियन डलर भन्दा बढी पुगेको कुरा उल्लेख भएको छ । यसरी हेर्दा त जति सक्दो धेरै लगानी गर्नु उचित हुने देखिन्छ । कुरो ठीक हो – जति धेरै लगानी, त्यति धेरै प्रतिफल । तर यस संगसंगै बिर्सन नहुने कुरो फेरि पनि के हो भने हरेक लगानीको प्रतिफलसंगै जोखिमको सम्भावना पनि त्यतिकै हुन्छ । त्यसैले कति लगानी गर्ने भन्ने कुरा बिचार पु¥्याएर गर्नु राम्रो हुन्छ । 

६. लगानीकर्ताले कहिलेदेखि प्रतिफल पाउन थाल्छन् ?
तिथिमिति तोकेर भन्न त सकिन्न । तथापी अहिले सगूनले लगानीकर्ताहरुलाई लगानी गर्न खुल्ला आह्वान गरिरहेको छ । एकातिर लागनीकर्ताहरुले लगानी गर्दै हुन्छन्, अर्कोतिर सगूनले सेलफोन एप्सहरु निकाल्दै जाने योजना छ । पचासौँ इञ्जिनियर तथा अन्य विशेषज्ञहरुले सगूनको प्रोडक्ट निकाल्न काम गरिराखेका छन् । यो फेजमा सगूनले २० मिलियन डलर लगानी गर्ने योजना बनाएको छ जसलाई पुरा गर्न केही समय लाग्दछ । यो फेज पुरा भएपछि सगूनले आफ्नो प्रोडक्टबाट आम्दानी लिन पनि शुरु गर्छ र सगून अर्को फेजमा प्रवेश गर्दछ । अर्को फेजमा सामान्यतया सगूनलाई स्टक एक्सचेञ्जमा दर्ता गराउनु पनि हो । जब सगून स्टक एक्सचेञ्जमा दर्ता हुन्छ, यसका शेयरहरु फाइनान्सीयल मार्केटमा किनबेच गरिन्छन् । त्यस समयमा हरेक शेयर होल्डर (लगानीकर्ता)ले आफ्नो शेयर इच्छा अनुसार बेच्न सक्छन् वा नबेची बस्न पनि सक्छन् माथि दिइएको उदाहरणमा फेसबुक स्टार्टअप कम्पनी हुंदा (सन् २००४ तिर) एक डलर लगानी बराबरको मूल्य अहिले आएर १२०० डलर भन्दा बढि पुगेको जस्तो हालको समयमा सगूनमा लगानी गरिएको रकमको शेयरको मूल्य अत्यधिक बढ्ने र फाइनान्सीयल मार्केटमा विक्री गरी अत्यधिक लाभ लिन सक्ने अवस्था सगूनका लगानीकर्ताहरुकोलागि यही समय हुन सक्ने सम्भावना छ । वास्तवमा हालका लगानीकर्ता वा मिनी आइपीओ मार्फत लगानी गर्ने लगानीकर्ताहरुले यसै अवस्थामा आफ्नो शेयर विक्री गरेर राम्रो प्रतिफल लिन सक्छन् । साथै शेयर बिक्री नगरी बस्ने लगानी कर्ताहरुलाई कम्पनीले वर्ष भरी गरेको नाफाको आधारमा लाभाश (Dividend) उपलब्ध गराउने त छदैँ छ । 

७. स्टार्टअप कम्पनीमा लगानी गर्ने अवसरको सदुपयोग गरौँ
विगत १० वर्ष देखि ३०–३५ वर्षको आइटीको इतिहास हेर्ने हो भने अहिलेका आइटीका ठूलाठूला हस्तीहरु जस्तै फेसबुक, अलिबाबा, उबर, गुगल, ट्विटर आदि सबै स्टार्टअपको अवस्थाबाट गुज्रेर आएको थाहा हुन्छ । तर हामी मध्ये सायदै कसैले तिनीहरुको स्टार्टअपको अवस्थामा शेयर लगानी गर्ने अवसर सुन्यौँ वा पायाँै । सुनेको वा पाएको भएपनि त्यसमा लगानी गर्न हामी राजी हुन्थ्यौँ वा हुदैनथ्यौँ । जब ती स्टार्टअपमा सफलताको सम्भावना देख्न थालियो, ठूलाठूला लगानीकर्ताहरुले अनि धनी बैङ्कहरुले लगानी गरे । साना लगानीकर्ताहरुको लागि कानूनी व्यवस्था नै थिएन । अमेरिकी कानूनमा पहिले झआइपीओझ मात्र थियो । सन् २०१२ पछि मात्र झमिनि आइपीओझको प्रावधान आएको हो र साना लागनीकर्ताहरुलाई पनि लगानीको हिस्सेदार वा ठूलो प्रतिफलको हिस्सेदार बनाउने कानूनी प्रावधान बनेको छ । मिनी आइपीओ भन्दा पहिले त अमेरिकाका धनाट्य माथिल्लो २ प्रतिशत मान्छेले मात्र लगानी गर्न पाउने हैसियत राख्थे । तर मीनी आइपीओले सामान्य आम्दानी भएका मानिसहरुलाई पनि लागनीकर्ता बन्न सहयोग पु¥याएको छ, हौसला बढाएको छ । फेसबुकमा १ को १२०० बनाउनेहरु तिनै ठूला लागनीकर्ताहरु र बैंकहरु नै थिए । त्यसबाहेक फेसबुकमा काम गर्ने केही कर्मचारी र दुःखका बेला साथ दिने साथीभाइ र आफन्तहरु थिए । सगूनले मिनी आइपीओ मार्फत लगानी गर्न पाउने समयावधी अब थोरै मात्र बाँकी छ र यो अवसर साना लगानीकर्ताको लागि सगूनमा लागनी गर्न पाउने अन्तिम अवसर हुनसक्छ ।

हाल क्भ्ऋ ले सगूनको लागि मिनी आइपीओको लागि स्विकृत प्रदान गरिसकेको छ र नेपाल भित्रबाट बाहेक ९नेपाल सरकारको कानून अनुसार नेपाल भित्रबाट विदेशमा लगानी गर्न पाइदैन० संसारका अधिकाँश देशहरुबाट लगानी भैरहको छ । नेपाली मूलका मानिसहरुले मात्र होइन सबैको लागि यो अबसर खुल्ला भएको छ । त्यसैले जसले स्टार्टअपको आधारभूत प्रावधानलाई बुझेका छन्, उनीहरु सगूनमा लगानी गर्न आउँछन्, आइरहेका छन् र सगूनले लगानी गर्न पाउने माथिल्लो लिमिट पुरा भए पछि जुनसुकै बेला लगानीको अफर बन्द हुनेछ । जो सुकैले पनि लगानी गर्न पाउने प्रावधानले गर्दा तपाइको लगानी गर्ने इच्छा छ भने अहिले नै निर्णय गर्न सक्नु हुनेछ।  www.sagoon.com/invest मा गएर लगानी गर्न सक्नुहुनेछ । इच्छुक लगानी कर्ताहरुको लागि अवसरको ढोका अझै खुल्ला छ।  माथि नै भनिसकियो कि समय र त्यसको मूल्य अनौठो हुन्छ ।

(लेखक अमेरिकाको वासिगंटन डीसी क्षेत्रमा बसोबास गरि सामाजिक क्षेत्रमा विशेष सकृय हुनुहुन्छ । साथै वहाँ सगूनको संस्थपक लगनिकर्ता समेत हुनुहुन्छ । यस लेखसंग सम्वन्धित जिज्ञासा वा प्रश्न भएमा लेखकको इमेल (msangraula@gmail.com) मा सम्पर्क गर्न सकिनेछ )
Dc nepal bata savarit.......

No comments:

Post a Comment