KP Oli ko shatter Rabindra Mishra lai
‘केही भाइबहिनी अहिले आएका छन्, राजनीतिप्रति यो आकर्षणका लागि धन्यवाद भन्न चाहन्छु’ आज बानेश्वरमा आयोजित चुनावी सभामा ओलीले भने, खेलाडीहरु मैदानमा खेलिरहेका हुन्छन्, छेउपटि्ट केटाकेटीहरु छेउमा सिको गरिराखेका हुन्छन् ।’
एमाले अध्यक्ष ओलीले रविन्द्र मिश्रको पार्टीलाई भने ‘सिक्नु र खेल्नु बैग्लै कुरा हो । अहिले हामी यस्तो म्याच खेलेका छौं, जहाँ गोल गर्नैपर्छ । मेस्सीले खेल्दै गरेको ठाउँमा कस्तो हुँदोरहेछ, कत्तिको साह्रो छ, भकुण्डो म पनि हानी हेर्छु भनेर त्यस्तो खेलाडीले काम चल्दैन ।’
ओलीले ‘रेडियोमा समाचार भने जस्तो होइन’, ‘समाचार त लेखेको हुन्छ, खरर पढ्ने त हो, राजनीतिमा त नदेखेका कुरा लेख्नुपर्छ, नदेखेका कुरा देख्नुपर्छ, नगरेका काम गर्नुपर्छ । देश बनाउने फराकिलो मन, छाती र संकल्प हुनुपर्छ ।
Comments
Post a Comment