kamal

Tuesday 22 May 2018

दक्षिण काेरिया बाट हुनेवाली जीवन सङगिनी लाई प्रेेम पत्र


अहिले फेसबुक ईमेल स्काईप अनि भाईबर देखि च्याट सम्म को जमानामा यो मेरो पत्रको कुनै अर्थ र मान्यता हुन्न होला । तर पनि यो मनका भाबनाहरु तिम्रो कल्पना अनि तिम्राे सम्झनामा तिमी सामु पस्कने कोशिस गदैछु । मानब जीवनको यो अनन्त यात्रामा जन्मे देखी मृत्यु सम्म बाँच्नका लागि कसैको साहरा चाँहिदो रहेछ । जन्म पश्चात बाल्याबस्था देखी लिएर किशोराबस्था सम्म आइ पुग्दा आमा बाबु को न्यानो काख र स्नेहको छ्हारीमा बित्दा रहेछन जिन्दगीका पलहरु । त्यस पछी युवाअवस्था सम्म आइ पुग्दा जिन्दगीले कोल्टे फेर्दो रहेछ । अनी मानिसका मनमा अनेक तरहका इच्छा अनी आकांक्षाहरु अंकुराउँदा रहेछन । त्यसपछी आमा बाबुको माया र ममतालाई मनको एक कुनामा राखेर मन भरी अपरिचित मान्छेको माया सजाउने इच्छा जन्मदो रहेछ ।
प्रिय हुनेवाली जीवनसँगिनी,
केही समयकाे अन्तरालमा राताे पहिरन छम् छम् पाँउजु चुरा बजाउँदै शिरमा सिन्दुर भरेर मेरो हृदय अनि मन मन्दिरमा सजिएर आउने प्यारी जीवनसँगिनी तिम्राे आगमनको कल्पना गर्दै तिम्राे सम्झनामा यि दिन रात विताई रहेकाे छु ।तिमी कस्ती छौ हौली ? कहाँ छाै हाैली? के गर्दै हाैली?तिमी जे (काली,गाेरी,अग्ली,हाेची,नेप्टी, चेप्टी ) जस्ती जहाँ भएपनी तिमीलाई मेरो मनमन्दिरमा स्वागत छ । तिमीलाई स्वागत गर्न प्रत्येक दिनहरु अत्यन्त लालायित छन् । केवल तिमीलाई कल्पिँदै यि समय बेतित गर्दै छु ।भन्छन् भावीले माथिबाट नै जन्मदाखेरी जोडी बनाएर पठाउँछ रे । माथिबाटै बनाएको जोडीसँग यतिका दिनसम्म चिनापर्ची नहुनु यो कस्तो विडम्बना ?
सायद तिमीले पनि त सोचिछ्यौ होला नि, मेरो हुनेवाला श्रीमान् कस्तो होला भनेर ? तिमीलाई मेरो हुनेवाला श्रीमान् भन्दै भेट्न देख्न मन लागेकाे छ हाेलि नि है? भविष्यमा तिमीसँग विवाह गरेर दुख सुख बाँडेर जिन्दगी जिउने कल्पना गर्छु, अबको केही दिन केहि महिना अनि केही वर्षपश्चात् बनाउनुपर्ने जीवनसाथीको बारेमा अाज सम्म अनविज्ञ रहनुपर्ने । याे कस्तो जीवन ? हुन त म झुट बाेल्न चाहान्न भावी जीवनसाथी चिनौ,खोजौं भनेर एक, दुई, जनासँग मैले प्रेम गरे तर त्यसमा तिमी समेटिन सकिनाै । वसन्तले पात फेरेझैँ सम्बन्ध त फेरियो तर तिमीलाई पाउन सकिन । दिक्क लाग्न थाल्यो अब प्रेम नगर्ने विचार लिएको छु । अब तिमी बाहेक कसैसँग प्रेम गर्दिन ।
भनिन्छ माया दुई मन र मुटुको मिलन हो ॥ एउटा मनले अर्को मन लाई बुझ्न सके मात्रै माया को अर्थ र साथ दिन र लिन सकिन्छ ॥ तर कुनै पनि दुनियाँ का हरेक ब्यक्ति माया बिना चल्न सक्दैन मायाले सधै कसैको साथ खोज्ने रहेछ ।केही समयकाे अन्तरालमा गाँउ,घर, साथी,अाफन्त अनि अशिम माया गर्ने बुवाअामाकाे साथ छाेडेर हाम्रो घरकी स्थाई सदस्यको रुपमा प्रबेश गर्दैछौ ।अब तिमिले सारा जिन्दगी यहि बिताउछु भनेर प्रण गरेर आए पछि सपै तिमिले आफ्नो ठान्नु पर्छ बुवा आफ्नो ठान्नु पर्छ आमा आफ्नो ठान्नु पर्छ ।म चाहान्छु तिमी एउटा बुहारी हैन छोरिको कर्तब्य निभाउ ।
तिमी एउटा यस्तो उदाहरणिय बुहारी बन्नु जहाँ प्रत्येक छोरा हरुका बुवा आमाले तिमी जस्तै बुहारिको सपना देखुन तिमी जस्तै बुहारी पाउन भगवान सङ्ग प्राथना गरून् । तिम्राे हरेक असहजतालाई सहज बनाउन हरपल प्रयत्न गर्ने छु । तिम्रा हरेक सपनाहरु पुरा गर्ने नसकाैला ,अरुकाे जस्ताे सु:खद जिवन नहाेला । स्वर्गको हरेक सुख दिन नसके पनि अपूर्व माया दिनेछु । सुनैसुनले छाउन नसकेपनि गोरेटोमा फुलैफूल बिच्छाउन नसकेपनि काँडा बिझे निकालीदिनेछु ।जीवन एक निरन्तर चलिरहने गन्तब्य बिहिन यात्रा हो । यो गन्तब्य कहा सम्म पुग्छ भन्ने कसैलाई पनि थाहा हुदैन । जिन्दगीमा यात्रा का अनेक पाटा रहन्छन । कहिले दु:ख अनि कहिले सुख हाँसाे …..। सुख दु:ख जीवनको पाहुना हुन् । जिवनमा सधै हाँस्न मात्र कहाँ पाइन्छ र कहिले कही आँखा भिजाउनु पनि पर्छ । यसैमा जीवनको सार्थकता लुकेकाे छ । अत्यास लाग्दा परिस्थितिमा पनि तिम्राे साथले नदुखेको आभाष गर्न सकु । जिवनकाे हरेक असहज परिसि्थितीमा तिम्राे साथ रह्याे भने याे संघर्षको जीवन सफलताको साथ पुरा हुनेछ अाशा गरेकाे छु । मिलनको सुखद दिन कुरेर अाँउदै छु म हृदय भरी तिम्राे लागि मायाका विशाल सन्दुक बोकेर,त्यो मायानै मायाले छचल्किएको मुटुलाई यो मेरो मायाको मुटुमा बिसाउन । केवल प्रतीक्षा गर्दै छु म त्यो
आउने पलको त्यो हाम्रो मिलनको ।।                             लेखक –    रमेेेश पाैडेल will wisher ( हाल दक्षिण काेेेरिया)

No comments:

Post a Comment