दक्षिण काेरिया बाट हुनेवाली जीवन सङगिनी लाई प्रेेम पत्र
अहिले फेसबुक ईमेल स्काईप अनि भाईबर देखि च्याट सम्म को जमानामा यो मेरो पत्रको कुनै अर्थ र मान्यता हुन्न होला । तर पनि यो मनका भाबनाहरु तिम्रो कल्पना अनि तिम्राे सम्झनामा तिमी सामु पस्कने कोशिस गदैछु । मानब जीवनको यो अनन्त यात्रामा जन्मे देखी मृत्यु सम्म बाँच्नका लागि कसैको साहरा चाँहिदो रहेछ । जन्म पश्चात बाल्याबस्था देखी लिएर किशोराबस्था सम्म आइ पुग्दा आमा बाबु को न्यानो काख र स्नेहको छ्हारीमा बित्दा रहेछन जिन्दगीका पलहरु । त्यस पछी युवाअवस्था सम्म आइ पुग्दा जिन्दगीले कोल्टे फेर्दो रहेछ । अनी मानिसका मनमा अनेक तरहका इच्छा अनी आकांक्षाहरु अंकुराउँदा रहेछन । त्यसपछी आमा बाबुको माया र ममतालाई मनको एक कुनामा राखेर मन भरी अपरिचित मान्छेको माया सजाउने इच्छा जन्मदो रहेछ । प्रिय हुनेवाली जीवनसँगिनी, केही समयकाे अन्तरालमा राताे पहिरन छम् छम् पाँउजु चुरा बजाउँदै शिरमा सिन्दुर भरेर मेरो हृदय अनि मन मन्दिरमा सजिएर आउने प्यारी जीवनसँगिनी तिम्राे आगमनको कल्पना गर्दै तिम्राे सम्झनामा यि दिन रात विताई रहेकाे छु ।तिमी कस्ती छौ हौली ? कहाँ छाै हाैली? के गर्दै हाैली?तिमी जे (काली,गाेरी,अग्ली,हाेची,ने...